आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन
काठमाडौँ : आत्मदाह प्रयासपछि अस्पतालमा उपचाररत गायिका नितु पौडेलको निधन भएको छ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गत शनिबार पौडेलले अनामनगरमा रहेको एक स्टुडियोभित्र आफैँलाई आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर घाइते उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो।
उक्त घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। यस क्रममा गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाइएको प्रहरी स्रोतले जनाएको छ।
हाल गिरी प्रहरी सम्पर्कमै रहेका छन्, तर उनीविरुद्ध अहिलेसम्म कुनै औपचारिक उजुरी दर्ता नभएको प्रहरीले स्पष्ट पारे।
.gif)

.png)


