नितु आत्मदाह प्रकण : हत्या आरोपमा गायक बाबुल गिरीविरुद्ध जाहेरी
काठमाडौँ : गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध जाहेरी दिएका छन् । गणेश अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।
गणेशले बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन भन्दै जाहेरी लिएर प्रहरीसमक्ष पुगेका हुन् । उनको भनाइअनुसार विगत ८/९ वर्षदेखि नितु पौडेल र बाबुल गिरी प्रेम सम्बन्धमा थिए ।
घटना हुने समयमा उनीहरू दुई जना मात्रै कोठाभित्र रहेको अवस्थामा नितुलाई जलाइएको उनको दाबी छ। यसअघि गायिका नितु पौडेलले एक सातासम्म उपचार भोगेकी थिइन्। आज शुक्रबार उपचारका क्रममा उनको मृत्यु भएको थियो। गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ ।
.gif)

.png)

