एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला


२०८२ कार्तिक २३ आइतबार ०८:४२ बजे

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । 

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । 

बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेलाको समेत आयोजना गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत बहुमत पक्ष माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेका छन् भने रामकुकारी झाँक्री, किसान श्रेष्ठलगायतले एमालेमा फर्कने घोषणा गरेका छन् ।

एकता विवादको भुमरीमा फसेको समाजवादीमा पुनर्गठन पक्षधरले पार्टी पुनर्गठन गर्ने निष्कर्षसहित भुसाललाई नेतृत्व चयन गरेको हो । 

भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७