निर्वाचन लड्न राष्ट्रिय सभाका ३ सांसदले दिए राजीनामा


२०८२ माघ ४ आइतबार १३:४४ बजे

काठमाडौँ : राष्ट्रिय सभाका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका कारण उनीहरूले पद त्यागेका हुन् । तीनै जनाको कार्यकाल आउँदो फागुन २० गते सकिँदै थियो ।

श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वामदेव गौतम बर्दियाबाट चुनाव लड्ने तयारीमा रहेका छन् । त्यस्तै भगवती न्यौपाने तनहुँ-१ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७