विपद् अध्ययन गर्न राष्ट्रिय सभाको विशेष समिति


२०८३ असोज १५ बिहीबार १६:४९ बजे

काठमाडौं : राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकीमा आएको विपद्को अध्ययन तथा अनुगमन गर्न ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

राष्ट्रिय सभाको  बिहीबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले समिति गठन भएको जानकारी गराएका हुन्। 

समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन्। बाँकी एक सदस्य पछि थप गरिने अध्यक्ष दाहालले जानकारी दिए। 

समितिको कार्यावधि पुस मसान्तसम्म रहनेछ। 

यसअघि प्रतिनिधि सभाले पनि भोटेकोशी बाढीबारे अध्ययन गर्न १५ सदस्यीय विशेष समिति गठन गरिसकेको छ। उक्त समितिको संयोजक रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७