राष्ट्रिय सभामा दुईदिने बिदा खारेज गर्न माग, अदालतको बिदा पनि घटाउन प्रस्ताव

दुईदिने बिदादेखि होल्डिङ सेन्टरसम्म, राष्ट्रिय सभामा उठे सरकारसँग सम्बन्धित दर्जनौँ प्रश्न


२०८३ भदौ ३ बुधबार १५:२७ बजे

काठमाडौं : राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसदहरूले सार्वजनिक बिदा, सुदूरपश्चिमको विकास, होल्डिङ सेन्टर र जनस्वास्थ्यलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद भुवनबहादुर सुनारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अव्यावहारिक भएको भन्दै तत्काल खारेज गर्न माग गरे। यसबाट अस्पताल र विद्यालयजस्ता संवेदनशील क्षेत्र प्रभावित भएको उनको तर्क थियो। उनले दसैँको १५ दिने अदालत बिदा घटाएर ६ दिनमा सीमित गर्न पनि माग गरे।

सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम विकासमा केन्द्र सरकारको उपेक्षा रहेको आरोप लगाउँदै सडक, अस्पताल, सिँचाइ र मलको व्यवस्था गर्न माग गरे। मदनकुमारी शाहले होल्डिङ सेन्टरमा रहेका विस्थापितको अवस्था दयनीय रहेको बताउँदै ११ जनाको मृत्यु र पछिल्लो समय दुई जनाले आत्महत्या गरेको उल्लेख गरिन्। उनले गरिब तथा भूमिहीनको स्थायी बसोवासको व्यवस्था गर्न माग गरिन्।

राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा वर्षाले पुर्‍याएको क्षति र बागमती किनारका सुकुम्बासीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराइन्। युवराज शर्माले क्षयरोग, जापानीज इन्सेफ्लाइटिस र स्क्रब टाइफसलगायत रोगको प्रकोप, महँगी तथा अभाव नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। सुरेशकुमार आले मगरले धर्मलाई व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा लिँदै राज्य धर्मनिरपेक्ष हुनुपर्ने धारणा राखे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७