बैतडी बस दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत, घाइतेको निःशुल्क उपचार
काठमाडौँ : बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले जानकारी दिएका छन् ।
मन्त्री सार्कीका अनुसार, दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उपचार निःशुल्क गर्ने निर्णय पनि गरिएको छ।
दुर्घटना बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बझाङ फर्कने क्रममा भएको थियो। सुप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा १३ जनाको ज्यान गएको र ३४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा, ५ जनाको धनगढीको निसर्ग अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
.gif)

.png)




