प्लेअफ दौडमा सुदूरपश्चिम र जनकपुरको भिडन्त


२०८३ कार्तिक २४ मंगलबार ०८:१५ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । प्लेअफको दौडमा रहेका दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ ।

सुदूरपश्चिमले यस सिजन ५ खेलबाट ६ अंक जोडेको छ । ३ खेलमा जित र २ खेलमा हार बेहोरेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा उसको प्लेअफ यात्रा थप सहज हुनेछ ।

यता जनकपुर बोल्ट्स भने ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । उसले अहिलेसम्म २ खेल जितेको छ भने ३ खेलमा पराजय बेहोरेको छ ।

प्लेअफको सम्भावना बलियो बनाउन जनकपुरलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ । त्यसैले दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७