लुम्बिनीसँग हार्दै विराटनगर एनपीएलको प्लेअफ दौडबाट बाहिरियो
एनपीएल प्लेअफमा लुम्बिनी, सुदूरपश्चिम, काठमाडौं र चितवन
काठमाडौं : लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान पक्का गरेको छ ।
यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ भने तेस्रो सिजनको प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
.jpeg)
लुम्बिनीको जितमा ओपनरद्वय डा’र्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए । अलि शेखले २७ तथा सन्दीप जोराले अविजित २५ रनको योगदान दिए ।
११ बल खेलेका जोराले ३ छक्का र १ चौका प्रहार गरे । रुवेन ट्रम्पलमानले अन्तिममा छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।
बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई विकेट लिए । चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
.jpeg)
विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा ६ छक्का र एक चौका प्रहार गरे । शुभम रन्जानेले अविजित ३१ तथा इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिएका थिए । लोकेश बमले १५ रन बनाए ।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट हात पारे ।
यस नतिजासँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् ।
पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने समूह चरणबाटै बाहिरिएका छन् ।
.gif)

.png)




