छठ पर्वका लागि जनकपुर पुगे रवि लामिछाने
पार्टीका नेता–कार्यकर्तासँग पनि भेटघाट गर्ने
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन् । उनी तीन दिनसम्म जनकपुरमा रहने कार्यक्रम रहेको छ ।
लामिछानेले जनकपुरधामस्थित गंगासागरमा हुने छठ पूजाआराधनामा सहभागी हुनेछन् । यसका साथै उनले जनकपुरका विभिन्न धार्मिक स्थलको भ्रमण तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार जनकपुर बसाइका क्रममा धार्मिक अनुष्ठानमा सहभागी हुनुका साथै पार्टीका गतिविधिमा पनि लामिछाने सहभागी हुनेछन् ।
.gif)

.png)




