मध्यपूर्व तनावको प्रभाव :  काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द


२०८२ फाल्गुण १९ मंगलबार १३:०८ बजे

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । रद्द हुने उडानमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान समावेश छन् ।

सोमबार जजिराको कुवेत–काठमाडौं–कुवेत र कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सारजहाँ, दुबई र दोहा विमानस्थलमा नियमित यात्रु उडान प्रभावित भएका छन् । कार्यालयका अनुसार कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द छ ।

विमानस्थलले यात्रु व्यवस्थापन सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनी र निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७