अब देशको जिम्मा हामी लिन्छौँ : सुदन किराती

देशको काँध थाप्न श्रम संस्कृति पार्टी तयार


२०८३ बैशाख २६ शनिबार १०:०५ बजे

काठमाडौँ:  पूर्वमन्त्री तथा नेता सुदन किरातीले श्रम संस्कृति पार्टीमा आबद्ध भएसँगै अब देशको नेतृत्व आफ्नो पार्टीले लिने उद्घोष गरेका छन्। हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले पुराना राजनीतिक दलहरूलाई काम गर्न नसके विश्राम लिन सुझाव दिँदै देश बनाउने जिम्मेवारी अब आफूहरूले काँधमा लिने दाबी गरे।

पार्टी प्रवेशपछि कार्यकर्ता र शुभचिन्तकहरूलाई सम्बोधन गर्दै किरातीले भने, ‘तपाईँहरू राम्रो काम गर्न सक्नुहुन्न भने अब हामी देशको जिम्मा लिन्छौँ। ढुक्कसँग तपाईँहरू बस्नुस्, अब श्रम संस्कृति पार्टी आएको छ।’

उनले वर्तमान राजनीतिक अवस्था र दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो नयाँ पार्टी देशको विकास र समृद्धिको जिम्मा लिन पूर्ण रूपमा तयार रहेको बताए। ‘यो देशको जिम्मा लिनका लागि श्रम संस्कृति पार्टी तयार भएको छ, हामी काँध थाप्न तयार छौँ,’ उनले थपे।

किरातीको यो पछिल्लो अभिव्यक्ति र नयाँ दलसँगको आबद्धतालाई नेपाली राजनीतिमा एक अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी युवा र श्रमजीवी वर्गको मुद्दा उठाउँदै आएको यस पार्टीले आगामी दिनमा आफ्नो प्रभाव कसरी विस्तार गर्छ भन्ने चासो बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७