उच्च अदालतको पनि आदेश: दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउनू

यसअघि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले पनि उनीहरुलाई थुनामा पठाउन आदेश दिएको थियो


२०८३ असार ५ शुक्रबार १९:०९ बजे

काठमाडौँ: उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा  दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले सो आदेश दिएको हो।

यसअघि नै विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको थियो। सोही आदेशअनुसार हाल उनीहरू डिल्लीबजार कारागारमा रहेका छन्। उच्च अदालतमा विचाराधीन बैंकिङ कसुरको मुद्दामा पनि अब थुनामै रहेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

व्यवसायी भट्टलाई प्रहरीले गत चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। दुवै जनामाथि कानुनी कारबाहीको प्रक्रिया जारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७