एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ, थुनामा पुग्नेको संख्या चार
काठमाडौं : एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो। यसअघि पनि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ।
एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। पक्राउ परेकाहरूमाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
.gif)

.png)

