सामसङको मनसुन अफर : टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटरमा २३ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं : विश्वकै नम्बर १ टेलिभिजन ब्रान्ड सामसङले नेपाली उपभोक्तालाई लक्षित गर्दै विशेष ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। सामसङ नेपालले टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटरका विभिन्न मोडलमा २३ प्रतिशतसम्म क्यासब्याकसहित उपहार र अन्य सुविधा समेटिएको योजना ल्याएको हो।
कम्पनीका अनुसार नयाँ प्रविधि र सुविधासहितका घरेलु उपकरण खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी अफर ल्याइएको हो। सीमित अवधिका लागि लागू हुने यो योजना देशभरका सामसङका अधिकृत रिटेल स्टोरमा उपलब्ध हुनेछ।
अफरअन्तर्गत छनोट भएका सामसङ टिभी खरिद गर्ने ग्राहकले १२ महिनासम्मको निःशुल्क नेट टिभी सब्स्क्रिप्सन पाउनेछन्। ८५ इन्चको Neo QLED र ७५ इन्चको UHD टिभी खरिदमा ४९ हजार ९९९ रुपैयाँ मूल्यको साउन्डबार उपहार दिइने कम्पनीले जनाएको छ। टिभीको मोडलअनुसार ७ देखि २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।
वासिङ मेसिन र रेफ्रिजेरेटरमा पनि छुट
सामसङका ७ देखि १२ केजी क्षमताका वासिङ मेसिन खरिदमा २३ प्रतिशतसम्म तत्काल क्यासब्याक पाइनेछ। विशेषगरी AI Ecobubble Washer Dryer र Front Load मेसिनमा आकर्षक छुटका साथै छनोट गरिएका मोडलमा Surf Excel Matic पाउडरसमेत उपहार दिइनेछ। त्यसैगरी, रेफ्रिजेरेटरका Side-by-Side, 5-in-1 र Double Door मोडलमा १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
२४ महिनासम्मको शून्य ब्याजको ईएमआई
ग्राहकलाई सहज रूपमा सामान खरिद गर्ने वातावरण बनाउन सामसङले हुलास फिनसर्भमार्फत ‘Samsung Insta Finance’ सुविधा पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको ईएमआई सुविधामा सामान खरिद गर्न सक्नेछन्। पुराना उपकरणलाई नयाँसँग साट्न चाहने ग्राहकका लागि ‘अर्को स्टोर’ (Arko Store) तथा सामसङका अधिकृत स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘मनसुन अफर’ सीमित अवधिका लागि मात्र लागू हुनेछ। ग्राहकले देशभरका सामसङका अधिकृत रिटेल स्टोरबाट अफरको लाभ लिन सक्नेछन्।
.gif)

.png)

