बाल विकास सहजकर्ताविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप


२०८३ भदौ ८ सोमबार १७:३९ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता बोहराले नियुक्तिका क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान गर्दा बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने गरी नक्कली शैक्षिक प्रमाणपत्र तयार गराई नियुक्तिका क्रममा पेस गरेको अख्तियारले जनाएको छ। उनले परीक्षा–२०१० को मार्कसिट, सर्टिफिकेट र माइग्रेशन प्रमाणपत्रलगायतका झुट्टा शैक्षिक कागजात तयार गरी विद्यालयमा बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएपछि बोहराले पदमा बहाल रही पारिश्रमिक, भत्तालगायतका सरकारी सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ। आयोगले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। अख्तियारले बोहरालाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७