नेपाली सेनाका २ हजार ९६८ सैनिक दीक्षित


२०८३ असोज ९ शुक्रबार १७:२५ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : नौ महिनाको कठिन सैनिक तालिम पूरा गरेपछि नेपाली सेनामा २ हजार ९६८ जना नयाँ सैनिक दीक्षित भएका छन्।

देशका विभिन्न २२ स्थानमा सञ्चालन गरिएको ‘सैनिक आधार तालिम’ पूरा गर्नेमा २ हजार ५०२ पुरुष र ४६६ महिला रहेका छन्। उनीहरू शुक्रबार आयोजित विशेष समारोहबीच दीक्षित भएका हुन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तालिम समापनका क्रममा विभिन्न स्थानमा अन्तिम दलेल कवाज आयोजना गरिएको थियो। उक्त कवाजको रथीवृन्दले निरीक्षण गरेका थिए।

तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीलाई समारोहमा पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो। दीक्षान्त समारोहमा जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवारजन तथा सञ्चारकर्मीको उपस्थिति रहेको निर्देशनालयले जानकारी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७