पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि खनाल आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
खनालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको र चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।
.gif)

.png)



