मदन भण्डारीका हत्यारा पत्ता लगाउन सकेनौं, कमजोरी हामीभित्रै छ: झलनाथ खनाल
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको रहस्यमयी मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरेका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै खनालले यस्तो स्वीकारोक्ति व्यक्त गरेका हुन् ।
‘मदन भण्डारीबारे चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढङ्गले भयो,’ खनालले भने, ‘ती हत्यारा को थिए र कसले षड्यन्त्र रच्यो भन्ने कुरा आजसम्म पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो ।’
मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने उद्देश्यले गरिएको उनको भनाइ थियो । ‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने प्रयास थियो । यो सिंगो आन्दोलनमाथि षड्यन्त्र अझै जारी छ,’ उनले थपे । आफूहरू मार्क्सवाद–लेनिनवादलाई नेपाली क्रान्तिको विशेषता र विशिष्टताका आधारमा लागू गर्न क्रियाशील रहेको उनले बताए ।
.gif)

.png)

