नेपालमै विदेशी डिग्री : किन र कसरी ? (पोडकाष्ट)

‘नेपालमा अन्तर्राष्ट्रिय शिक्षा रोक्दै अर्बौं विदेश पठाउने खेलमा केही विदेशी नागरिक सक्रिय छन्’


२०८३ असोज १७ शनिबार २०:५८ बजे

दुनियाँ साँघुरिँदै छ, सीमाहरू मेटिँदै छन् र शिक्षाको भूगोल पनि बदलिँदैछ। भूमण्डलीकरण, अन्तर्राष्ट्रियकरण र डिजिटल प्रविधिको यो युगमा विश्वका विश्वविद्यालयहरू आफ्ना कक्षा र ज्ञानका सीमाना विस्तार गरिरहेका छन्। यही बदलिँदो परिवेशमा नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने अभियानमा सक्रिय छन्, लक्ष्मण केसी।

केसीका अनुसार नेपालमा अहिले ७ देशका ३५ विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास, गुणस्तर, प्रविधि र ज्ञान नेपाल भित्र्याउनुका साथै नेपाली विद्यार्थीलाई स्वदेशमै विश्वस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको उनको भनाइ छ।

उनका अनुसार हाल ५६ वटा शिक्षण संस्थाले विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि अनुमति पाएका छन् भने ती संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन्। यो क्षेत्रले करिब ५ हजार प्रत्यक्ष र १५ हजार अप्रत्यक्ष रोजगारी सिर्जना गरेको तथा विभिन्न कर तथा शुल्कमार्फत राज्यको राजस्वमा योगदान गरिरहेको केसीको भनाइ छ। ‘नेपालको अर्थतन्त्रमा यस क्षेत्रले वार्षिक रूपमा ठूलो परिमाणमा, करिब १५–२० अर्ब रुपैयाँ बराबरको मूल्य अभिवृद्धि तथा आर्थिक गतिविधि सिर्जना गरिरहेको छ,’ उनी भन्छन्।

उनका अनुसार सूचना प्रविधि, व्यवस्थापन, हस्पिटालिटी, फेसन डिजाइन तथा इन्टेरियर डिजाइनजस्ता क्षेत्रमा सीप र जनशक्ति विकाससँगै नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टम निर्माणमा समेत विदेशी विश्वविद्यालयका कार्यक्रमले भूमिका खेलिरहेका छन्।

तर, अवसरसँगै प्रश्न पनि छन्। विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालनको कानुनी आधार के हो? तिनको गुणस्तर कसरी सुनिश्चित हुन्छ? विद्यार्थीले स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा पाउँदा त्यसको प्रभाव के पर्छ? र यस्ता संस्थाबारे सामाजिक सञ्जालमा फैलिरहेका विभिन्न दाबीको वास्तविकता के हो?

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर तथा नेपाल सरकारबाट अनुमति प्राप्त गरी उच्च शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाबारे एक विदेशी नागरिकले तथ्यहीन, अपुष्ट तथा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत प्रसारित गरिरहेको भन्दै आइप्यानले हालै पत्रकार सम्मेलनसमेत गरेको थियो। विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, अवसर, चुनौती र वास्तविकताबारे आइप्यान अध्यक्ष लक्ष्मण केसीसँग गरिएको विशेष पोडकाष्ट : 

 

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७