अध्ययन बिदापछि सम्पर्कविहीन शिक्षक–कर्मचारीलाई त्रिविको अल्टिमेटम


२०८३ असोज १८ आइतबार १९:१३ बजे
फाइल फोटो

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा सकेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ।

त्रिवि रजिस्ट्रारको कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने दायित्व पूरा नगरी सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीलाई सम्पर्कमा आउन भनेको छ।

सूचनाअनुसार उनीहरूले २०८३ साल पुस मसान्तभित्र कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयको कोठा नम्बर ३१४ वा इमेलमार्फत सम्पर्क गर्नुपर्नेछ।

विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि त्रिविका शिक्षक तथा कर्मचारीले नियमानुसार तोकिएको अवधिसम्म विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था छ।

तोकिएको समयभित्र सम्पर्कमा नआए त्रिविको नियम तथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामाअनुसार आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने रजिस्ट्रारको कार्यालयले जनाएको छ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७