विदेशी मुद्राको विनिमयदर बढ्यो, कुन मुद्राको कति ?


२०८३ कार्तिक ११ मंगलबार ०७:२५ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। 

अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा पुगेको छ। अघिल्लो दिन युरोको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो।

पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा थियो।

स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा पुगेको छ।

अघिल्लो दिन स्वीस फ्र्यांकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा थियो।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा कायम भएको छ।

अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा थियो।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा पुगेको छ।

अघिल्लो दिन क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा थियो।

सिंगापुर डलरको मूल्यमा पनि वृद्धि भएको छ। आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा तोकिएको छ।

अघिल्लो दिन यसको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा थियो।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ।

वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंकबाट लिन सकिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७