तृतराजको अर्धशतकमा पोखरालाई जनकपुरले दियो १४८ रनको लक्ष्य
काठमाडौं : ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
.jpeg)
जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए ।
अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हसन १, कप्तान हरमीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह समान ९ रनमा आउट भए ।
.jpeg)
पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । चमिका करुणारत्नेले दुई तथा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक–एक विकेट लिए ।
पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ । एक खेल जितेको र एक खेल हारेको जनकपुर भने दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.gif)

.png)




