२५ हजार डलरको विवादबीच एनपीएल खेले हुसेन तलातले


२०८३ कार्तिक ११ मंगलबार १७:४१ बजे

काठमाडौं : पाकिस्तानी अलराउन्डर हुसेन तलातले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेलेका छन्। 

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी खेलाडीका लागि प्रतिखेलाडी २५ हजार अमेरिकी डलर अतिरिक्त रकम मागेपछि उनीहरूको सहभागितामा अन्योल उत्पन्न भइरहेका बेला तलात कर्णालीको प्लेइङ ११ मा परेका हुन्।

कर्णाली याक्समा आबद्ध अर्का पाकिस्तानी खेलाडी साहिबजादा फरहान भने नेपालबाट फर्किसकेका छन्। तलात भने नेपालमै बसेर कर्णालीको टोलीबाट खेलिरहेका छन्।

स्रोतकाअनुसार कर्णाली याक्सले पीसीबीको सर्त स्वीकार गरेपछि तलातलाई टोलीमा राखिएको हो। पीसीबीले मागेको २५ हजार डलरमध्ये केही रकम तलातका एजेन्टले बेहोर्ने सहमति भएको बताइएको छ।

कर्णालीले विदेशी खेलाडीको कोटामा तलातसँगै दक्षिण अफ्रिकाका डेभिड मिलर, इंग्ल्यान्डका मार्क वाट र बंगलादेशका अरिफुल इस्लामलाई समावेश गरेको छ।

यता जनकपुर बोल्ट्समा आबद्ध पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद भने मंगलबारको खेलमा प्लेइङ ११ मा परेका छैनन्। 

जनकपुरले विदेशी खेलाडीका रूपमा जिम्मी निसम, कुशल परेरा, मोइन अली र हर्मित सिंहलाई मैदानमा उतारेको छ।

पीसीबीले मागेको अतिरिक्त रकमका कारण एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता प्रभावित बनेको छ। 

एउटै लिगमा आबद्ध पाकिस्तानी खेलाडीमध्ये केही मैदानमा उत्रिँदा केहीको सहभागिता अनिश्चित बनेपछि यस विषयले थप चासो पाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७