कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य


२०८३ कार्तिक ११ मंगलबार १९:१८ बजे

काठमाडौं :  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा ३७ रन बनाए भने गुल्सन झाले ९ बलमा १२ रन जोडे।

कर्णालीले सुरुवातदेखि नै विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा ओपनर मार्क वाट एक रन बनाएर आउट भए। टोलीले ४ रन जोड्दा पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट पनि गुमायो।

जनकपुरका लागि डेब्यु गरेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गरे। कर्णालीले ३७ रन जोड्दा हुसेन तलत ३ रन बनाएर पभेलियन फर्किए।

त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स उकास्ने प्रयास गरे। अरिफुल ४३ र पवन ३७ रन बनाएर आउट भए।

त्यसपछि अकबर अली र कप्तान सोमपाल कामीले समान १ रन बनाए भने गुल्सन झाले १२ रन जोडे। नन्दन यादव ९ रनमा आउट भए। युवराज खत्री र युनिश ठकुरी अविजित रहे।

बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले ३ विकेट लिए। मोइन अली र राहुल यादवले समान २ विकेट हात पारे भने ललित राजवंशीले १ विकेट लिए। अब जनकपुरले जितका लागि १३३ रन बनाउनुपर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७