एनपीएलमा चितवनको कप्तानी परिवर्तन, कुशल मल्ल प्लेइङ ११ बाटै बाहिर


२०८३ कार्तिक ११ मंगलबार १३:१५ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध कप्तानी परिवर्तन गरेको छ। 

नियमित कप्तान कुशल मल्ल प्लेइङ ११ मा नपरेपछि रवि बोपाराले टोलीको नेतृत्व सम्हालेका छन्।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। टस हारेपछि चितवनका कप्तान बोपाराले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाएर त्यसलाई रक्षा गर्ने बताए।

‘मैले पछिल्ला खेलहरूमा नौ पटक टस हारेको छु। अब राम्रो स्कोर बनाएर त्यसलाई रक्षा गर्छौं,’ बोपाराले भने।

एनपीएलको तेस्रो संस्करणमा विराटनगर र चितवन दुवै टोलीले आज पहिलो खेल खेल्दैछन्। कप्तानी परिवर्तनसँगै कुशल मल्ल प्लेइङ ११ मा नपर्नुको कारण भने खुलाइएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७