जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता


२०८३ कार्तिक १६ सोमबार १६:२६ बजे
फाइल फोटो

काठमाडौं : जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

थापाले नाम फिर्ता लिने निर्णयबारे समितिलाई जानकारी गराएको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ । उहाँ सिंहदरबारमै हुनुहुन्छ । केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने ।

थापाले समितिमा उपस्थित नहुने तर नाम फिर्तासम्बन्धी निवेदन पठाउने जानकारी गराएको पनि श्रेष्ठले बताए ।

सभापति श्रेष्ठका अनुसार स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेका हुन् । ‘कानुनी रूपमा समस्या थिएन। स्वार्थको द्वन्द्वको कुरा आएकोले यो देशको कुरा पनि भएकोले नाम फिर्ता लिन्छु भन्नुभयो,’ श्रेष्ठले भने ।

गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्रै समितिले अनुमोदन गरेको थियो । 

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो ।

जापानका लागि प्रस्तावित थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ स्थगित गरिएको थियो ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिसम्बन्धी व्यवस्थाबारे सांसदहरूले थप प्रश्न उठाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७