साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम सुनुवाइ समितिबाट अस्वीकृत
काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
नैतिक आचरण र जर्मनीबाट रिपोर्ट गरिएको विषयलगायतका प्रश्न उठेपछि समितिले बुधबार सुनारको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो।
सुनुवाइका क्रममा सुनारको आचरण र विगतका विषयमा प्रश्न उठेका थिए। सुनुवाइपछि समितिका सभापति बोधनारायण श्रेष्ठले उनको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।
समितिको निर्णयसँगै सुनारलाई साउदी अरबका लागि राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्न नसक्ने भएको छ।
.gif)

.png)




