सर्वोच्चका लागि प्रस्तावित चारै न्यायाधीश समितिबाट अनुमोदित
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सभापति श्रेष्ठले भने ।
न्याय परिषद्ले गत असोज २ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीन जना उच्च अदालतका न्यायाधीश हुन् ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै चारै जनालाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।
.gif)

.png)




