सर्वोच्चमा फूलकोर्ट बैठक जारी, न्यायाधीशहरू इजलासमा गएनन्


२०८३ कार्तिक १६ सोमबार १३:१९ बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अझै जारी छ । 

पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा नगई फूलकोर्टमा छलफल गरिरहेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार कम्तीमा खाजा खाने समयसम्म बैठक लम्बिने सम्भावना छ । 

त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयाँलसँग सम्बन्धित ह्वाट्सएप सन्देश तथा अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फूलकोर्टमा छलफलको विषय बनेको हो ।

ती विवरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माले समसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट बैठक बोलाएका थिए ।

यसैबीच, सार्वजनिक भएका दुईथरी सन्देशका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि न्यायाधीशमाथि महाभियोग प्रस्ताव ल्याउनेबारे छलफल गरेको थियो ।

रास्वपाले यसबारे निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७