तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग


२०८३ कार्तिक १६ सोमबार १५:१७ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले तत्काल संसद् बैठक बोलाएर समसामयिक राजनीतिक, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग जोडिएका विषयमा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद् बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौँ,’ बैठकपछि उनले भने ।

संसद् बैठक बोलाएर जनताका सरोकार, राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नहरूमा गम्भीर छलफल गर्नुपर्ने विपक्षी दलहरूको निष्कर्ष छ ।

नेता हमालले बैठकमा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताए । छलफलका क्रममा नेपालको राजनीतिक वृत्तमा गम्भीर समस्याहरू देखिएको महसुस गरिएको उनको भनाइ छ ।

‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेका छन्,’ उनले भने, ‘त्यस्तै जनजीविकाका सवालमा र विपद्बाट जनताले पाउनुपर्ने राहत, पुनर्निर्माणका कुराहरूबारे पनि हामीले गम्भीर छलफल गर्‍यौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७