सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ। संसदीय सुनुवाइ समितिले शनिबार थप दुई जनाको सुनुवाइ गरेसँगै चारै जनाको सुनुवाइ सकिएको हो।
सिंहदरबारस्थित समितिको कार्यालयमा शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ गरिएको थियो। यसअघि शुक्रबार दुई जनाको सुनुवाइ सम्पन्न भएको थियो।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा। रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
सिफारिस भएका चारमध्ये सारु र बागचन्दको सुनुवाइ बिहीबार नै गरिएको थियो। त्यसपछि शुक्रबार थप दुई जनाको सुनुवाइ भएको थियो।
चारै जनाको सुनुवाइ सम्पन्न भए पनि उनीहरूको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने समितिले गरिसकेको छैन। यसबारे समितिमा आन्तरिक छलफल भइरहेको छ।
.gif)

.png)




