तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना


२०८३ कार्तिक १९ बिहीबार ०७:४७ बजे
फाइल फोटो

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान छ ।

राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७