वार्नरको विस्फोटक ब्याटिङ : विराटनगरमाथि काठमाण्डुको ९ विकेटको जित
काठमाडौं : अष्ट्रेलियन ब्याटर डेभिड वार्नरको अविजित ४४ रनको मद्दतमा काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । काठमाण्डुले ६२ बल बाँकी छँदै जित निकालेको हो ।

काठमाण्डुको जितमा वार्नरले २४ बलमा २ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए । अर्का अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन जोडे ।
दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले ७९ रनको अविजित साझेदारी गरे । ओपनर साहिल पटेल १० रन बनाएर आउट भए । विराटनगरका अपराजित पौडेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो ।
विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
एन्जेलो म्याथ्युजले ३१ बलमा २२ तथा बसिर अहमदले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
.jpeg)
विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो । आठौँ विकेटका लागि म्याथ्युज र रुपेशले ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स केही सम्हालेका थिए ।
काठमाण्डुका युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सहान अराचिगे र जहानदान खानले २–२ विकेट हात पारे । करण केसी, शाह आलम र देव शाहले एक–एक विकेट लिए ।
.jpeg)
यो जितसँगै काठमाण्डुले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा पराजित भएको काठमाण्डुले तीन खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पाँच खेल खेलेको विराटनगरको भने यो तेस्रो हार हो । समान ४ अंक रहे पनि नेट रनरेटका आधारमा विराटनगर पाँचौँ स्थानमा झरेको छ ।
.gif)

.png)




