तीन वर्ष नेपाल आउन नपाउने गरी १० विदेशी निष्कासित


२०८३ कार्तिक २० शुक्रबार १७:२४ बजे
फाइल फोटो

काठमाडौं : अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएका उनीहरूलाई तीन वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत काम गरी अध्यागमन कानुन उल्लंघन गरेको विभागको भनाइ छ । 

सोही कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।

निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना छन् । उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । 

नाबालकलाई भने आमाबुबासँगै नेपालबाट प्रस्थान गराउने निर्णय भएको विभागले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७