देउवा पक्षको काठमाडौं अधिवेशन सुरु
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन सुरु गरेको छ। शनिबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पूर्वसभापति देउवाले अधिवेशन उद्घाटन गरेका हुन्।
अधिवेशन उद्घाटनअघि बटुकहरूले स्वस्तिवाचन गरेका थिए। त्यसअघि देउवा पक्षका नेता तथा कार्यकर्ताले विभिन्न सांस्कृतिक झाँकीसहित र्याली निकालेका थिए।
भव्य समारोहबीच सुरु भएको अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा देउवासहित १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा। प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायत सहभागी छन्।
.gif)

.png)




