आईजीपी कार्कीमाथि अन्याय भयो, सर्वोच्चले न्याय दिन्छ : प्रचण्ड

आईजीपीबाट हटाइएपछि कार्की सर्वोच्च पुगे, प्रचण्डले न्याय पाउने विश्वास व्यक्त गरे


२०८३ कार्तिक २१ शनिबार १९:१० बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले कार्कीमाथि अन्याय भएको दाबी गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रहरी नेतृत्व परिवर्तनको विषय सर्वोच्च अदालत पुगेकाले अदालतले न्यायोचित निर्णय गर्ने विश्वास व्यक्त गरे।

‘आईजीपीको विषय सर्वोच्च गएको छ। मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ। सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने।

मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। सरकारले उनको स्थानमा मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। उक्त विवादमा अदालतको निर्णय आउन बाँकी छ।

प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। सरकार जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा ‘झिलिमिलीमा रमाएको’ उनको टिप्पणी थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७