दोस्रो क्वालिफायरमा चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्दै


२०८३ मङ्सिर ३ बिहीबार १६:३६ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धामा उत्रिएको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो ।

यसैबीच आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्ने भएका छन् ।

आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले बुधबार काठमाण्डुलाई नकआउट गरेको थियो ।
आजको खेल २ नम्बर पिचमा खेलाइँदै छ । यही पिचमा पोखराले २०० रन माथिको योगफल बनाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७