एनपीएल पहिलो क्वालिफायर : लुम्बिनीले टस जितेर बलिङ रोज्यो


२०८३ मङ्सिर १ मंगलबार १६:५२ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लुम्बिनीले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।

सुदूरपश्चिमले भने तीन खेलाडी परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा, फाबियन एलनको स्थानमा थनुका दबारे र ब्रान्डन म्याकमुलेनको स्थानमा जर्ज मन्से पहिलो रोजाइमा परेका छन् ।

स्कटल्यान्डका अलराउन्डर म्याकमुलेन आईएल टी–२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका मन्सेले पहिलो पटक पहिलो रोजाइमा खेल्ने भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७