‘गोल्डेन बुट’ हात पार्ने दोस्रो इङ्लिस खेलाडी बन्दै ह्यारी केन
यी दुवै आक्रामक मिडफिल्डरले ३–३ गोल गरेका छन् । तर, ग्रिजमन र एम्बापेले हयारी केनलाई भेटाउन कठिनप्रायः रहेको विश्लेषकहरु बताउँछन् । केनले यसपालि ‘गोल्डेन बुट’ जिते आफ्ना अग्रज ग्यारी लिनेकरको समकक्षमा पुग्ने छन् । लिनेकरले सन् १९८६ को विश्वकपमा ६ गोल नै गरेर ‘गोल्डेन बुट’ जितेका थिए । उनी ‘गोल्डेन बुट’ जित्ने दोस्रो इङ्लिस खेलाडी बन्दै छन् ।
केनको कप्तानीमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो । शनिवार बेल्जियमविरूद्ध तेस्रो स्थानका लागि भएको खेलमा पनि इङ्ल्याण्ड २–० ले पराजित भयो । केनलाई पछ्याइरहेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुले ४ गोल गरेका थिए । उनी तेस्रो स्थानका लागि भएको खेलमा गोल गर्न चुकेपछि केन एक्लो दाबेदार बनेका हुन् । .gif)

.png)



