पूर्वप्रधानन्यायाधीश मिश्रको संयोजकत्वमा सत्य निरुपण आयोगका पदाधिकारी चयन गर्न सिफारिस समिति


२०७५ चैत १४ बिहीबार १७:४८ बजे

काठमाडौं, १४ चैत । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले सिफारिस समिति बनाएको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको बिहीबार नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले  जानकारी दिए ।

जसको सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की रहेका छन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि सिफारिस समिति सदस्य रहनेछन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका पदाधिकारी चैतदेखि पदमुक्त भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७