यातायात व्यवस्था विभागलाई लाइसेन्स प्रणाली व्यवस्थित गर्न निर्देशन {भिडियाे}


२०७७ असार ११ बिहीबार १९:५६ बजे

काठमाडाैं, ११ असार ।  प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न र लाइसेन्स बितरण सहज गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति अपर्याप्त भएको भन्दै आवश्यक जनशक्ति पुरिपूर्ति गर्ने काम तत्काल बढाउदै लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको हो ।

बैठकले कोरोनाका कारण सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋणको व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था यथाशीघ्र मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

https://youtu.be/2ydjW5SBMCw

समितिले काठमाडौ उपत्यकासहित मुलुकका प्रमुख शहरहरुमा प्रवेश गर्ने सवारी साधनहरुले अत्याधिक धुलो थुपारेको भन्दै त्यस्ता सवारीसाधनलाई धुलोमुक्त पार्न काठमाडौं उपत्यका र प्रमुख शहरका प्रवेश नाकामा आवश्यकता अनुसार वासिङ सेन्टर स्थापना यस आर्थिक वर्षमा प्रारम्भ गर्न निर्देशन दिएको छ ।

समितिले नीतिगत स्थिरता कायम गर्न तीनै तहका सरकारले समन्वय गरी राष्ट्रिय नीति निमार्ण गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ । बैठकमा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगन बहादुर हमालले स्मार्ट लाइसेन्ट छपाईको क्षमता बढाइएको जानकारी दिए । अव लाइसेन्स लिन लामो समय कुर्न पर्ने बाध्यता हटाउन बिभाग लागिपरेको बताए ।

सांसदहरुले सरकारले लकडाउन केही खुकुलो बनाएसँगै बजारमा चहलपहल बढेकाले सार्वजनिक सवारी सञ्चालनका लागि यातायात व्यवस्था विभागले गरिरहेको तयारीबारे जानकारी माग गरेका थिए । बिभागका महानिर्देशक हमालले लकडाउन हटेपछि सञ्चालन हुने सार्वजनिक यातायात के कसरी चलाउन सकिन्छ भनेर यातायात व्यवस्था विभागले निर्देशिका तयार पारेको र त्यसमा सरोकारवालासँग छलफल भइरहेको बताए।

समितिले भारतीय सवारी साधनको निर्वाध आवतजात र प्रयोगलाई नियमन गर्न निर्देशन दिँदै समितिले इम्बोस्ड नम्बर जिपीएस ट्यापिङ लगातका नयाँ ब्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर नियमन तथा व्यवस्थापन गर्न पनि सरकारलाई निदेशन दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७