ताइवानको संसदमा मुक्का हानाहान, प्रधानमन्त्रीलाई सुँगुरको मासुले हानियो


२०७७ मङ्सिर १२ शुक्रबार १६:०० बजे

काठमाडौं, १२ मंसिर । ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको छ । आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुँगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन् ।

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो । राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि र्‍याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन् ।

बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरलाई र्‍याक्टोपामिन खुवाउने गरिन्छ । मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ । अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो । तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्काे विरोध गर्दै आएको छ ।

सेप्टेम्बरमा संसदको अधिवेशन शुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो । सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए । शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे । अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागिदिए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७