पोर्चुगलले हङ्गेरीलाई हरायो, क्रिस्टियानो रोनाल्डोको कीर्तिमान


२०७८ असार २ बुधबार ०५:४९ बजे

काठमाडौं, २ असार । १६ औं संस्करणको युरोकपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी शुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन–शून्यले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

आजको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् । यस्तै रोनाल्डो पाँचौं पटक पुरुष युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७