देशभर यातायात व्यवस्था विभागका सबै सेवा अनिश्चितकालका लागि बन्द


२०७८ चैत ९ बुधबार १५:१८ बजे

काठमाडौं । यातायात व्यवस्था विभागले सर्भरमा आएको समस्याका कारण आज (बुधबार) बेलुकादेखि देशभर सबै सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

सेवा अवरोधसम्बन्धी सूचना प्रकाशित गर्दै विभागले भनेको छ, ‘विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभाग क्षमाप्रार्थी छ ।’ विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले सूचना जारी गर्दै भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७