बालुवाटारमा आठ दलको वैठक, लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि थपिए


२०७९ फाल्गुण १२ शुक्रबार १९:१३ बजे

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि साझा उम्मेदवार चयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित आठ दल छलफलमा जुटेका छन् ।

जारी छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनमोर्चा नेपालका शीर्ष सहितका नेताहरु सहभागी छन् । बालुवाटार बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएको छैन ।

बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् ।

यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, नेता धनश्याम भुसाललगायतका नेताहरु बैठकमा सहभागी छन् । दिउँसो १ बजे यी दल पाँच दलीय गठबन्धन व्यूँताउने सहमतिसहित राष्ट्रपतिको उम्मेदवारसहित सत्ता साझेदारीमा सहमति निर्माण गर्न ५ बजे पुनः बस्ने सहमति गरेर बाहिरिएका थिए । उनीहरुबीच राष्ट्रपति र उपराष्ट्रपतिसहित सत्ता साझेदारी र प्रदेशसम्म शक्तिको बाँडफाँटमा आजै सहमति गर्ने समझदारी कायम भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७