१० जोडीको सामुहिक विवाह


०१:२० बजे

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा १० जोडीले सामुहिक विवाह गरेका छन् । सन्त रामपालको ७४ औं अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए । 

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा १७ नवजोडीको सामुहिक विवाह गरिएको दासले बताए । यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन १० जनाले विवाह र १७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७