डोटीमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते


०१:२५ बजे

डोटी । डोटीमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक  महिलाको ज्यान गएको छ । उनकी नातिनी घाइते भएकी छन् ।पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका–३ आगर बस्ने मानबहादुर ऐरको ६१ वर्षीय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको हो भने उनकी १४ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट माइतीघर आदर्श गाउँपालिका–६ सबखोला जाँदै थिइन् । घटना शनिबार दिउँसो करिब १२ बजेतिर भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७