एमालेका दुबै सचिव किन जाँदैछन् विदेश ?


००:५१ बजे

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेका दुई जना सचिव आज (शनिबार) विदेश उड्दै छन् ।  एमालेका सचिव योगेश भट्टराई चीन जाने भएका छन् । चीनमा हुन लागेको एक साता लामो समाजवादबारेको कार्यक्रमका लागि उनी शनिबार त्यसतर्फ जान लागेका हुन् । चाइना एकेडेमी अफ सोसलिजमले आयोजना गर्ने कार्यक्रममा नेकपा एमालेको प्रतिनिधित्व भट्टराईले गर्नेछन् ।

कार्यक्रममा समाजवादबारे छलफल हुने उनले जानकारी दिएका छन् । पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरुको चीन यात्रा बाक्लिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीहरु विभिन्न कार्यक्रममा चीन जाने गरेका छन् ।सचिव योगेश भट्टराई चीन र अष्ट्रेलिया जान लागेका छन् ।  अर्का सचिव रघुवीर महासेठको पनि सिड्नी यात्रा तय भएको छ । उनीहरु दुवै अस्ट्रेलिया गए पनि कार्यक्रम र भ्रमणस्थल भने फरक रहेको स्रोत बताउँछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७