धनगढीमा धारिलो हतियार प्रहारबाट ट्याङ्कर चालक र सहचालक घाइते


०१:४४ बजे

धनगढी । कैलालीको धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाइएको छ । अज्ञात समूहले गरेको धारिलो हतियार प्रहारबाट उनीहरू घाइते भएका छन् ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गए राति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरू आक्रमणकारी भने होइनन् ।

‘नियन्त्रणमा लिएकालाई आक्रमण गर्न आएकाले नचिनेर देउवाद्वयलाई आक्रमण गरेको देखिन्छ,’ डीएसपी बोहराले भने, ‘यद्यपि उनीहरूलाई घटनाबारे थाहा हुनसक्ने भएकाले सोधपुछ गरिने छ ।’ आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं.को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ । घटनामा संग्लग्नको खोजी जारी रहेको डीएसपी बोहराले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७